गृहपृष्ठ ∕ राजनीति ∕ गुल्मी क्षेत्र न १ को सभापतिमा ढकाल र २ मा महत निर्वाचित गुल्मी क्षेत्र न १ को सभापतिमा ढकाल र २ मा महत निर्वाचित Karobarpati मंगलबार, २०७८ मंसीर ७ गते, १३:१८ मा प्रकाशित नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय अधिवेशन सकिएको छ । दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ को सभापतिमा पारिश्वर ढकाल निर्वाचित भएका छन् । ढकालले निकटतम प्रतिस्पर्धी मुक्ति कंडेललाई ठूलो मतान्तरले पराजित गरेका छन् । निर्वाचनमा कुल खसेको ९३२ मतमा ढकालले ६२७ मत प्राप्त गरे । कंडेलले जम्मा २६५ मत प्राप्त गरेका हुन् । त्यस्तै माधवप्रसाद ढकाल र मार्काण्ड भण्डारी सचिव पदमा निर्वाचित भएका छन् । ढकालले ४६१ र भण्डारीले ४२३ मत प्राप्त गरे । सचिव पदनमा निकटतम प्रतिस्पर्धी घनश्याम न्यौपानेले ४१३ र कमल भुसालले २८९ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नम्बर १ कै सहसचिवमा मधुसुदन ज्ञवालीले ४४९ र डिल्लीराज पाण्डेले ३९० मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा चन्द्रबहादुर महत सर्वसम्मत निर्वाचित भएका छन् । सभापतिमा महत र शिव केसीले उमेद्वारीको घोषणा गरेका थिए । सभापति र सहसचिवबाहेकका पदमा भने निर्वाचन भएको थियो । सचिवमा लालमणि भण्डारी र अनिल बस्नेत निर्वाचित भएका छन् । भण्डारीले ४५८ र बस्नेतले २९३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक भिम न्यौपानेले जानकारी दिए । सचिव पदका निकटतम प्रतिस्पर्धी रेशम कुँवरले २९१ र भिमबहादुर पाण्डेले २८५ मत प्राप्त गरेका थिए । सहसचिवमा कृष्णप्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै खुल्ला सदस्यमा कमल कुँवर, रामप्रसाद घिमिरे र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता