गृहपृष्ठ ∕ राजनीति ∕ गुल्मी क्षेत्र न १ को सभापतिमा ढकाल र २ मा महत निर्वाचित गुल्मी क्षेत्र न १ को सभापतिमा ढकाल र २ मा महत निर्वाचित Karobarpati मंगलबार, २०७८ मंसीर ७ गते, १३:१८ मा प्रकाशित नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय अधिवेशन सकिएको छ । दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ को सभापतिमा पारिश्वर ढकाल निर्वाचित भएका छन् । ढकालले निकटतम प्रतिस्पर्धी मुक्ति कंडेललाई ठूलो मतान्तरले पराजित गरेका छन् । निर्वाचनमा कुल खसेको ९३२ मतमा ढकालले ६२७ मत प्राप्त गरे । कंडेलले जम्मा २६५ मत प्राप्त गरेका हुन् । त्यस्तै माधवप्रसाद ढकाल र मार्काण्ड भण्डारी सचिव पदमा निर्वाचित भएका छन् । ढकालले ४६१ र भण्डारीले ४२३ मत प्राप्त गरे । सचिव पदनमा निकटतम प्रतिस्पर्धी घनश्याम न्यौपानेले ४१३ र कमल भुसालले २८९ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नम्बर १ कै सहसचिवमा मधुसुदन ज्ञवालीले ४४९ र डिल्लीराज पाण्डेले ३९० मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा चन्द्रबहादुर महत सर्वसम्मत निर्वाचित भएका छन् । सभापतिमा महत र शिव केसीले उमेद्वारीको घोषणा गरेका थिए । सभापति र सहसचिवबाहेकका पदमा भने निर्वाचन भएको थियो । सचिवमा लालमणि भण्डारी र अनिल बस्नेत निर्वाचित भएका छन् । भण्डारीले ४५८ र बस्नेतले २९३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक भिम न्यौपानेले जानकारी दिए । सचिव पदका निकटतम प्रतिस्पर्धी रेशम कुँवरले २९१ र भिमबहादुर पाण्डेले २८५ मत प्राप्त गरेका थिए । सहसचिवमा कृष्णप्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै खुल्ला सदस्यमा कमल कुँवर, रामप्रसाद घिमिरे र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा गुराँस लघुवित्तले डाक्यो साधारण सभा सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा गुराँस लघुवित्तले डाक्यो साधारण सभा सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता