गृहपृष्ठ ∕ खेलकुद ∕ ए डिभिजन लिग : संकटा र शेर्पा तथा थ्री स्टार र च्यासल भिड्दै ए डिभिजन लिग : संकटा र शेर्पा तथा थ्री स्टार र च्यासल भिड्दै Karobarpati शनिबार, २०७८ मंसीर ४ गते, ०९:०९ मा प्रकाशित काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुँदैछ । दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन् । शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा हुनेछ भने संकटा रवी सिलवालको कप्तानीमा मैदान उत्रनेछ । दुबै टोली पहिलो खेलमा सुखद सुरुआत गर्ने दाउमा हुनेछन् । दुबै टोलीले चार विदेशी खेलाडी मैदानमा उतार्ने छन् । दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ पौने ५ बजे सुरु हुनेछ । थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन् । थ्री स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रदा च्यासल विराज महर्जनको कप्तानीमा मैदान प्रवेश गर्नेछ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टोली सन्तुलित बनेकाले लिगमा उत्कृष्ट नतिजा ल्याउने बताए । शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष