गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्रीले विश्वासको मत पाउने/ नपाउने यकिन गर्ने अधिकार राष्ट्रपतिको हो, (पूर्णपाठ) प्रधानमन्त्रीले विश्वासको मत पाउने/ नपाउने यकिन गर्ने अधिकार राष्ट्रपतिको हो, (पूर्णपाठ) Karobarpati बिहीबार, २०७८ असार ३ गते, १८:५२ मा प्रकाशित काठमाडौं । राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई राष्ट्रपतिले संविधानको धारा ७६ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न सक्ने लिखित जवाफ पेस गरेको छ । राष्ट्रपति समक्षमा पेश गरिएका दुवै दाबीलाई अध्ययन गर्दा दुवै दाबीकर्ता सांसदहरुले प्रतिनिधिसभामा विश्वासको मत पाउने आधार नदेखिएकाले दाबी नपुग्ने गरी निणर्य गर्नुभएको हो जवाफमा उल्लेख छ । । बिहीबार सर्वोच्च अदालतलाई राष्ट्रपति कार्यालयले पठाइएको उक्त जवाफमा , धारा ७६ को उपधारा (५) मा उल्लेख भए बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार छ वा छैन भनी यकिन गर्ने अधिकार र कर्तव्य स्वयं राष्ट्रपतिको हो’, ‘राष्ट्रपतिबाट धारा ७६ बमोजिम प्रधानमन्त्रीको नियुक्तिको निणर्य हुनुपर्ने संवैधानिक संरचना रहेको र सोही बमोजिम हुँदै आएको छ । धारा ७६ (१),(२) (३) र (५) को सरकार गठनको लागि राष्ट्रपतिलाई प्रधानमन्त्री वा अन्य कुनै निकाय वा पदाधिकारीको सिफारिस वा मन्त्रिपरिषद्को निणर्य आवश्यक पर्दैन । सो अधिकार राष्ट्रपति स्वयंबाट राष्ट्रप्रमुख एवं संविधानको संरक्षकको हैसियतले प्रयोग र पालना हुने विषय हो ।’ भनिएको छ । राष्ट्रपति कार्यालयले आफूविरुद्ध दायर भएको उक्त रिट खारेज गर्न पनि माग गरेको छ । क्याटेगोरी : राजनीति ट्याग : #सर्वोच्च अदालतलाई राष्ट्रपति कार्यालयको जवाफ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ३ नेपाली मुद्रा इतिहासकै कमजोर ४ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ५ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ६ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य हिमालयन बैंकको ऋणपत्र खुल्दै ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य हिमालयन बैंकको ऋणपत्र खुल्दै ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन