गृहपृष्ठ ∕ राजनीति ∕ काँग्रेस संसदमा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने खेलमा छः महासचिव पोखरेल काँग्रेस संसदमा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने खेलमा छः महासचिव पोखरेल Karobarpati आईतबार, २०८१ जेठ १३ गते, १५:५१ मा प्रकाशित नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाउनुभएको छ । आइतवार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मुलुकमा अहिले अस्थिरता रहेको बताउनु भयो । उहाँले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताउनु भयो । महासचिव पोखरेलले नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताउनु भयो । उहाँले आफू सरकारमा पुग्नका लागि काँग्रेस संसदलाई बन्धक बनाउन लागि परेको जिकिर गर्नुभयो । संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताउनु भयो । उाँले भन्नुभयो, ‘आज मुलुकमा जुन प्रकारको अस्थिरता छ । राजनीतिक अन्योल छ । आज जुन प्रकारले संसदलाई नेपाली काँग्रेसले अवरोध सिर्जना गर्ने दुष्प्रयत्न गरिरहेको छ । त्यसका पछाडिको कारण के हो त भन्दा अझ ज्यादा अस्थिरता सिर्जना ग¥यो भने समीकरण भत्काउन सकिन्छ । र फेरि आफ्नो सहभागितामा गठबन्धनको राजनीति अघि बढाउन सकिन्छ भन्ने खेलमा नेपाली काँग्रेसले संसदलाई बन्धक बनउन खोजिरहेको छ । कुरा स्पष्ट छ । यस प्रकारको परिस्थिति स्वभाविक रुपमा नेपालको विकास र समृद्धिका लागि बाधक भइसक्यो ।’ महासचिव पाखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा एमालेले जुटाउन नसकेको बताउनु भयो । उहाँले मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुमपा सथापित गर्नुपर्ने बताउनु भयो । अरुको सहारा बिना नेकपा एमालेको नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक