गृहपृष्ठ ∕ समाचार ∕ सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए Karobarpati शुक्रबार, २०८१ जेठ ११ गते, १७:२० मा प्रकाशित काठमाडौँ- सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी देखिएका निलम्बित सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल मृत भेटिएका छन्। हिजो बिहीबार आफ्नै घर (भक्तपुर)मा उनी मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी अजय केसीका अनुसार उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनास्थलबाट उनको सुसाइड नोट पनि फेला पारेको जनाएको छ। सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनीसहित चार जना दोषी ठहर भएका थिए। विशेष अदालतले पोखरेलविरुद्ध ६ महिना कैद र पाँच करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँको जरिवाना असुलको फैसला सुनाएको थियो। बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको थियो। विशेष अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतमाथि कसुर प्रमाणित भएको आदेश दिएको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन