गृहपृष्ठ ∕ समाचार ∕ सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै Karobarpati शुक्रबार, २०८१ जेठ ११ गते, १६:०१ मा प्रकाशित काठमाडौं सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ । आयोजनाका अनुसार २ जेठमा जिल्ला सुरक्षा समिति रुपन्देही र १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको हो । यो सुरुङमार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ । नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकिने आयोजनाले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सुरुङ बन्दैछ । विस्फोटको पूर्वाभ्यास शुक्रबार गरिएको छ । शुक्रबार निर्माण स्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको सिद्धबाबा टनेल प्रोजेक्ट अफिसले जानकारी गराएको छ । आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेट अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११।४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ । मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यहाँ कुल १ हजा १२६ मिटर लामो सुरुङ बन्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न टिकापुरको जग्गा ५० हजारमा किनेको हुँः आरजु राणा कांग्रेस नेतृ डिला संग्रौला भन्छिन् – सिरोहिया पक्राउले प्रेस स्वतन्त्रताको हनन भो देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न टिकापुरको जग्गा ५० हजारमा किनेको हुँः आरजु राणा कांग्रेस नेतृ डिला संग्रौला भन्छिन् – सिरोहिया पक्राउले प्रेस स्वतन्त्रताको हनन भो