गृहपृष्ठ ∕ राजनीति ∕ रातो पासपोर्टमा सफाइ पाइसकेको धनराजको दाबी, रविलाई अवहेलनामा कारबाही गर्न माग रातो पासपोर्टमा सफाइ पाइसकेको धनराजको दाबी, रविलाई अवहेलनामा कारबाही गर्न माग Karobarpati सोमबार, २०८१ जेठ ७ गते, १७:१३ मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेलाई अवहेलनामा कारबाही गर्न मागसहित सभामुखसमक्ष निवेदन दिएका छन् । सदनमा गृहमन्त्रीले तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरा बढाईचढाई गरेर भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको भन्दै सभामुखसमक्ष निवेदन दिएका हुन् । उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन् । कुटनीतिक राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि उनले बुझाएका छन् । ‘उहाँले बोलेका कुराको अडिओ तथा भिडिओ प्रतिनिधिसभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरूपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ । उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु ।’ क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने