गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न Karobarpati आईतबार, २०७७ फागुन २३ गते, ०७:२२ मा प्रकाशित बिराटनगर । नेरुडे लघुवित्त संस्थाको चौधौं बार्षिक साधारण सभा फागुन २२ गते सम्पन्न भएको छ । साधारण सभा बिराटनगरको उद्योग संगठन मोरङको सभाहलमा संस्थाका अध्यक्ष डा.भेष प्रसाद धमलाको अध्यक्षतामा सम्पन्न भएको हो ।आर्थिक बर्ष २०७६/०७७ को प्रगति विवरण संचालक समितिको तर्फबाट वित्तीय संस्थाका अध्यक्ष धमलाले प्रस्तुत गरेका थिए । यो अवधिमा नेरुडे लघुवित्तीय संस्थाले १३ लाख ९ हजार ८५४ घर परिवारलाई लधुवित्त सेवा दिएको छ । त्यसैगरी संस्थाका शाखा उप शाखा मार्फत ८५ हजार १५३ ऋणी सदस्यलाई ५ अर्ब ४८ करोड कर्जा लगनी गर्न सफल भएको र २ अर्ब १८ करोड बचत संकलन गर्न पनि नेरुडे लघुवित्त सफल भएको छ । सस्थाले सम्पुर्ण वित्तीय कारोबार समावेश पछीको संस्थाको खुद मुनाफा ४ करोड ६९ लाख ५१ हजार ४ सय ६९ र २९ पैसा आर्जन गरेको अध्यक्षले जानकारी गराए । संस्थाले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ८े प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत वितरण गर्ने निर्णय साधारण सभाले पारित गरेको छ । बोनस वितरण पछिका संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार पुग्ने छ । साधारण सभाले संस्थाका सस्थापक सेयरधनीहरुबाट मणि कुमार अज्र्याललाइ संचालकमा निर्विरोध चयन गरको छ । राष्ट्रीय स्तरको यस संस्थाको ३१ जिल्लामा ९२ शाखा र उप शाखाहरु रहेको छ । क्याटेगोरी : कोशी प्रदेश ट्याग : #नेरुडे लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ३ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ६ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ७ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ट्रेण्डिङ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै सेयर बजार दोहोरो अंकले वृद्धि एक सातापछि सूचक र कारोबार रकम दुवै तल लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै सेयर बजार दोहोरो अंकले वृद्धि एक सातापछि सूचक र कारोबार रकम दुवै तल लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत