गृहपृष्ठ ∕ समाचार ∕ सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान Karobarpati शनिबार, २०७९ माघ ७ गते, १२:४९ मा प्रकाशित काठमाडौं-सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित विभिन्न पदाधिकारीको नयाँ तलबमान गत साउन १ गतेदेखि लागू हुने गरी कायम गरेको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले सर्वोच्च अदालतका प्रधान न्यायधीश तथा सर्वोच्च अदालतका न्यायधीशको सेवा सुविधा तथा अन्य शर्तहरु र तलमबमान कायम गरिएको जानकारी गराएको हो । अर्थ मन्त्रालयले प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला अदालतका न्याधीश, न्याय परिषद्का सदस्य तथा महान्यायाधिवक्ताहरुको तलबमान सुनिश्चित गरेको साथै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको नयाँ तलबमान कायम गरेको हो । यसैगरी, सर्वोच्च अदालतका प्रधान न्यायाधीशको मासिक तल १ लाख २ हजार २९३ रहेको छ भने न्यायाधीशको ८५ हजार ४३ रहेको छ । यता, उच्च अदालतका मुख्य न्यायाधीशको ८० हजार ७०७ मासिक तलब रहेको छ भने न्यायाधीशको ७६ हजार ४८३ रहेको छ । यसैगरी, जिल्ला अदालतका न्यायाधीशको ६४ हजार ८९४ रहेको छ भने महान्याधिवक्ताको मासिक तलब ८५ हजार ४३ रहेको छ ।न्याय परिषद्का सदस्यको सर्वोच्च अदालतका न्यायाधीश सरहको तलब ८५ हजार ४३, राष्ट्रिय योजना आयोकका उपाध्यक्षको ७९ हजार ३८५, सदस्यको ७७ हजार ६६० तोकेको छ । यस्तै, संवैधानिक निकायका प्रमुख पदाधिकारीको ८० हजार ७०७, पदाधिकारकिो ७६ हजार ३८३ तोकिएको छ । संघीय संसदका महासचिवको ७७ हजार २११ र सचिवको ७२ हजार ८२ उल्लेख छ । राष्ट्रिय सूचनाआयोकगा प्रमुख सूचना आयुक्तको ८० हजार ७०७ र सूचना आयुक्तको भने ७८ हजार ३८३ तोकिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ महिला फुटबल टिमका प्रशिक्षकद्वारा राजीनामा ५ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ६ सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्याे पहिलो बजेट ७ ट्रेण्डिङ सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी