२०८२ कात्तिक १८, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमायूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स बिच मर्जर  संझौता

यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स बिच मर्जर  संझौता


 

काठमाडौं — यूनियन लाइफ इन्स्योरेन्स,प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स बिच एक अपसमा मर्जर गर्ने अन्तिम संझौता पत्रमा हस्ताक्षर भएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यूनियन लाईफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पियुष राज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले सो संझौता पत्रमा हस्ताक्षर गरेका हुन ।

संझौता अनुसार यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात १ः१ः१ कायम गरिएको छ ।

मर्जर संझौता अनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष शुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको अध्यक्ष रहनेछन् ।

यस्तै यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कणर् मर्जर पश्चात बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहनेछन् ।

संझौता अनुसार मर्जर सम्बन्धी आवश्यक सम्पूणर् कार्यहरु सम्पन्न गरी २०७९ चैत्र भित्र एकिकृत कारोवार गर्ने समयावधि निर्धारण गरिएको छ भने कम्पनीका शाखाहरु, कर्मचारी समायोजनका कार्यहरु समेत सम्पन्न गरिने छ ।

मर्जर संझौता कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले तिन वटा कम्पनीहरु एक आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताउदै नियमनकारी निकायको तर्फबाट मर्जर कार्यमा पूणर् सहयोग रहने जानकारी दिए । यसैगरी नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर संझौता सफल बनाउन प्राधिकरणको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने बताए ।


क्याटेगोरी : बीमा
ट्याग : #गुराँस लाइफ, #प्राइम लाइफ, #यूनियन लाइफ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ