२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहिमालयन र सिभिलको साधारण सभा एकैदिन

हिमालयन र सिभिलको साधारण सभा एकैदिन


काठमाडौं – हिमालय र सिभिल बैंकको वार्षिक साधारण सभा एकैदिन पुस २८ गते बस्ने भएको छ ।

हिमालयन बैंकको सभा काठमाडौको सोेल्टीमोडंस्थित होटल सोल्टीमा र सिभिलको काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा हुनेछ । दुवै बैंकको एजीएम ११ बजेबाट सुरु हुनेछ ।मर्जर प्रत्रिया रहेका यी दुई बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट लाभांशको प्रस्ताव गरेको छ ।

हिमालयन बैंकले हाल कायम भएको चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने बोनश शेयर र ११.११ प्रतिशत (कर सहित) नगद लाभाश बितरण गर्ने प्रस्ताव गरेको छ ।त्यस्तै सिभिल बैैंकले हाल कायम भएको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभाश बितरण गर्ने प्रस्ताव गरेको छ ।

दुवै बैंकको सभाले सिभिल बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ती कार्यलाई अन्तिम स्वीकृति दिनेछ ।

दुवै बैकको सभाले मर्जर प्रयोजनका लागि भएको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताको नियुक्ति, उक्त मूल्याङ्कनकर्तालाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, समझदारी पत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूणर् कामकारवाहीहरूलाई स्वीकृति प्रदान गर्नेछ ।

सभा प्रयोजनका लागि हिमालयले पुस १८ गते देखि २८ गते सम्म र सिभिलले पुस १९ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । सिभिलको पुस १८ गतेसम्म र हिमाललयको १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

दुवै बैंकले असार २९ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यस्तै मर्ज पछि हिमालयन बैंकको नाममा कारोबार हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ