काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ । नेपालमा श्रम आप्रवासन, श्रम आप्रवासनको स्थितिलगायतका विषय समेटिएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा मूलसमारोह समितिद्वारा आइतबार आयोजित कार्यक्रममा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवर र सचिव एकनारायण अर्यालले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गरे ।
सो अवसरमाश्रममन्त्री कुँवरले श्रमिकबारे राज्य गम्भीर हुनुपर्ने बताए । श्रम गन्तव्य देशका समस्या केलाउने रश्रमिकका दुःखमा मलमलगाउन सरकार तयार रहेको उनको भनाइ थियो । विदेशबाट फर्किएका श्रमिकको सामाजिक सुरक्षादखि उनीहरूको मर्यादित पुनस्र्थापनामा सरकार अगाडि बढ्ने पनि उनले बताए ।
नेपाली आप्रवासनको सिंहावलोकन,नेपालमा आप्रवासन शासन, श्रम आप्रवासनको स्थिति, यससँग सम्बन्धित विषय, नेपालमा श्रम आप्रवासन तथ्याङ्कको अभाव र आगामी बाटो गरीछ अध्यायमा प्रतिवेदन समेटिएको छ ।
प्रतिवेदनअनुसार नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश कतार रहेको उल्लेख छ । समग्र वैदेशिक रोजगारीको ३५ प्रतिशत श्रमिक कतार गएका छन् । यस्तै कतार पछि क्रमशः मलेसिया, साउदी र संयुक्त अरबइमिरेट्स(यूएई) नेपाली श्रमिकको रोजाइमा परेका छन् । प्रतिवेदनअनुसार आव २०७८/७९ मा ४१० जना नेपाली वैदेशिक रोजगारीका क्रममा बेपत्ता भएका छन् भने तीन हजार १९९ जनाले रोजजगारीमकै क्रममा मृत्युवरण गरेका छन् ।
श्रममन्त्री कुँवरले श्रम गन्तव्य देशका समस्या केलाउने र श्रमिकका दुःखमा मलम लगाउन सरकार तयार रहेको बताए । उनले प्रतिवेदनले दर्शाएका समस्या र समाधानका पाटाहरूमा मन्त्रालयले काम गर्ने पनि उल्लेख गरे । उनले विदेशबाट फर्किएका श्रमिकको सामाजिक सुरक्षा देखि उनीहरूको मर्यादित पुनस्र्थापनामा सरकार अघि बढ्ने पनि बताए ।
श्रमसचिव एकनारायणअर्यालले प्रतिवेदन आप्रवासी श्रमिकको हितमा नीति निर्माणका लागि महत्वपूणर् दस्तावेज हुने बताए । एनेले सीप नसिकेर वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकले दुःख पाउने गरेको भन्दै सीपमूलक तालिम सिकाउनेदेखि श्रमिकमा दक्षता बढाउने सबै कुरा गर्न आवश्यक रहेको बताए ।
विश्वका थुप्रै मुलुक डिजिटलाइज्ड भइसक्दा हामी भर्खरै त्यसको चरणमा प्रवेश गरेको र यसले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई दिने सेवामा ठूलो सहयोग पुगेको दाबी उनको छ।
यस्तै प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो हिस्सा अवर्गीकृत श्रमिकका रूपमा जाने गरेको देखाएको छ। अर्थात् ४० प्रतिशत श्रमिकले गन्तव्य देशमा गएर ठ्याक्कै कुन क्षेत्रमा के काम गर्ने भन्ने बुझेकै हुँदैनन्।
प्रतिवेदनअनुसार निर्माण क्षेत्रका लागि भनेर ६ दशमलव १ प्रतिशत, गाडीचालक र मेसिन अपरेटरमा ८ प्रतिशत र औद्योगिक उत्पादनमा ८ दशमलव ९ प्रतिशत जाने गरेका छन्। ३९ प्रतिशत महिला सरसफाइमा जाने गरेका छन् भने सेवाजन्य पेसामा जाने महिलाको अनुपात २५ प्रतिशत रहेको छ।
यो समाचार आजको गाेरखापत्रमा प्रकाशित गरिएको छ ।