२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा लघुवित्तकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुक विद्यमान अन्य संस्थापकले आइतबारबाट ३५ दिनभित्र संस्थाको मुख्य कार्यालय बनेपा –१३, साँगा, काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्ने सेयर कित्ता संख्या खुलाई निवेदन पेस गर्नुपर्नेछ ।

 

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ