२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटयती एयरलाइन्सले १ बर्षमा १० लाख भन्दा बढीलाई दियो हवाई सेवा

यती एयरलाइन्सले १ बर्षमा १० लाख भन्दा बढीलाई दियो हवाई सेवा


काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले आज आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ ।

आफ्नो २४ औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा १५ हजार ९ सय २५ वटा उडानमार्फत १ वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा दिएको जनाएको छ । यतीले हवाइ सेवा प्रदान गरेका यात्रुमध्ये २७ हजार छ सय ६३ जना विदेशी रहेकाे समेत जनाएको छ ।

यतीले ६ वटा एटिआर-७२ जहाजमार्फत काठमाडौँबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतमा उडान भर्दै आएको छ भने यती एयरलाइन्सकै भगिनी संस्था तारा एयरको ३ वटा ट्वीनअटर जहाजमार्फत नेपालगञ्जबाट हुम्ला, जुम्ला, रारा, बाजुरा, पोखराबाट मुस्ताङ र काठमाडौँ र रामेछापबाट लुक्ला, फाप्लुलगायतका स्थानमा सेवा दिँदै आएको छ ।

एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले यतीले एक वर्षको अवधिमा एक लाख ५४ हजार दुई सय ८७ किलो कार्गो ढुवानी गरेको जानकारी दिए । “दुई वर्षअघि हामीसँग जहाज धेरै भए पनि सिट सङ्ख्या कम थियो, अहिले ठूला जहाज मात्र हुँदा सिट सङ्ख्या वृद्धि भएको अवस्था छ, अर्को वर्ष थप एउटा एटिआर-७२ ल्याएर यात्रु सङ्ख्या १५ लाख पुर्‍याउने लक्ष्य लिएका छौँ”, उनले भने ।

यती गत महिना थप एउटा एटिआर जहाज थप गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ