गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ श्वेत गंगा हाइड्रोपारको आईपीओ आजदेखि श्वेत गंगा हाइड्रोपारको आईपीओ आजदेखि Karobarpati बुधबार, २०७९ साउन ४ गते, ०९:१७ मा प्रकाशित काठमाडौं – श्वेत गंगा हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहीक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा ८ साउनसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा१८ साउनसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान