२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजविश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन

विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन


काठमाडौं  –  विश्व वातावरण दिवस -२०२२ को अवसरमा काठमाडाैंकाे  माइतीघर मण्डलामा युवाहरुले प्रदर्शन गरेका छन् ।

सन् १९७४ देखि प्रत्येक बर्ष जुन ५मा विश्व वातावरण दिवस मनाइदै आएको छ । नेपालमा “पृथ्वीको संरक्षण  दिगो प्रकृतिमैत्री जिवनयापन” भन्ने राष्ट्रिय नारा सहित विभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइएको छ ।

वातावरण दिवसको अवसर पारेर युथ एडभोकेसि नेपालको आयोजना र आईएम स्विडिस, नाफान, ग्लोलवल पिस फाउन्डेससन, दलित युथ एलाईन्स तथा वाइएनपिडी जस्ता विभिन्न सामाजिक सघं सस्थाको सहकार्यमा माइतीघर मण्डलामा एक घण्टा प्रदर्शन गरेका छन् । विकास उनमुख राष्ट्र नेपालका विभिन्न वातामरणिय सवालहरुलाई प्रदनर्शनकारी युवाहरुले प्लेकार्डका माध्यमबाट प्रर्दशन गरेका छन् ।

उतm प्रदर्शनमा “ वातावरण संरक्षण गारौँ सव्य मानिसको परिचय दिऔ” “युवाको रहर ः वातावरणमैत्री शहर”,“ डोजरे विकास अन्त्य गर”,“ वन विनास अन्त्य गर”, “प्रकतीको संरक्षण गरौं”, “हरितगृह ग्याँस उत्सर्जन बन्द गर”,“ प्रकृतीको संरक्षण गर”, लगायतका वातावरण सम्बन्धि विभिन्न नाराहरु प्रर्दशन गरेका थिए ।

कार्यक्रमकोे कोणसभालाई सम्बोधन गर्दै, अधिकारकर्मी केसव दाहालले फोहोरमैला व्यवस्थापनमा युवाहरु सक्रियरुपमा लाग्नु पर्ने वताए । उनले काठमाडांैमा फोहोर मैला व्यवस्थापन मुख्य वातावरणीय समस्या रहेको र यसलाई व्यवस्थापन गर्न कुहने र नकुहने फोहरलाई छुट्उनु पर्नेमा दाहालको जोड थियो ।
महिला अधिकारकर्मी सुनिता विसुङकीले जलवायु परिवर्तनको कारण, यसका असर तथा सामधानको उपायहरुको विषयमा गाँउ गाँउमा जनचेतना फैलाउनु पर्ने र युवाहरुले स्थानिय निकाय देखिनै वातावरण संरक्षण, प्रवधन र जनचेतना फैलाउने काममा अग्रसर रहनु पर्नेमा जोड दिइन् ।
अधिकारकर्मी दिपक सोनीकोले ,“ जलवायु परिवर्तनको कारणले हिउँ पग्लिरहेको र सेता हिउँले ढाक्ने पर्वतहरु काला पत्थरमा परिणत हुदै गएको हुनाले राज्यले हरितगृह ग्याँसको न्युनिकरण गर्न पहल गर्नु पर्ने बताए ।”

 

पृथ्वी सबैको साझा घर भएकाले यसको संरक्षणमा विश्वका सबै नागरिकहरुको दायित्व भएको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए । पृथ्वीको तापक्रमलाई १.५ डिग्री सेल्यियस कायम गर्नका लागि औधोगिक राष्ट्रहरुले हरितगृह ग्याँसको न्युनिकरण गर्दै स्वच्छ उर्जालाई अबलम्बन गर्नु पर्नेमा खतिवडाको जोड दिए ।

युवाहरुको सहभागितामा आयोजना भएको उक्त कार्यक्रमको सहजीकरण युथ एड्भोकेसी नेपालका केन्द्रिय सदस्य विनय कार्कीले गरेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #आईएम स्विडिस, #ग्लोलवल पिस फाउन्डेससन, #दलित युथ एलाईन्स, #नाफान, #युथ एडभोकेसि नेपाल, #वाइएनपिडी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ