यो वर्ष धनकी देवी लक्ष्मीको पुजा गर्ने दिन आज कात्तिक १८ गते बिहीबार परेको छ । आजको दिन देवी लक्ष्मीको पूजा गर्नाले वर्षभरी घरमा सुख समृद्धि रहिरहने जनविशवास रहेको छ ।
यस्तै आजको दिन हामीले केहि कुराहरु ख्याल पनि राख्नु पर्छ भुलेर पनि त्यस्ता काम नगरौं, जसले देवी लक्ष्मी रिसाउन् । के कस्तो काम गर्नाले लक्ष्मी रिसाउछिन् ? त्यसैले भुलेर पनि लक्ष्मी पूजाको दिन यी तलको कुरा गर्न हुँदैन
१. कसैलाई खाली हात नफर्काउनु : तिहारको समयमा असाय वा अन्य देउसी भैलोलाई खाली फर्काउनु हुन्न । घरमा कोहि आएमा दिएर केही न केही अवश्य दिनु ।
२. लक्ष्मी पुजाको रात जाग्राम बस्नु : लक्ष्मी पुजाको रातमा नसुत्नु । बरु रातभर जाग्राम बसेर देवी लक्ष्मीको मन्त्रलाई विधि विधानसँग जाप गर्नु् ।
३. ननुहाई फुल नटिप्नु : ननुहाइ पुजाको लागि फूल नटिप्नुहोस । नुहाएर मात्र पुजाको लागि फूल टिप्नु । ननुहाइ टिपेको फूलले पुजा नगर्नु् ।
४. मादकपदार्थ नपिउनुस : लक्ष्मी पुजाको रात कुनै प्रकारको मादक पदार्थ सेवन नगर्नु।
५. कसैसँग झगडा नगर्नु : लक्ष्मी पुजाको दिन कोहीसँग पनि वादविवाद, झगडा नर्गुस् । मनलाई शान्त राख्नु ।
६. मान्यजनलाई नराम्रो नभन्नु : लक्ष्मी पुजाको दिन आफुभन्दा ठूलोको अपमान हुने काम नगर्नुस् । बरु पुजा गरेपछि सबैलाई दर्शन गरी आशिर्वाद लिनु ।
७. बासी फूल नचढाउनुुस् : लक्ष्मी पूजाको दिन देवी लक्ष्मीलाई बासी फूल नचढाउनु । देवी लक्ष्मीको पूजा गर्दा भखरै टिपेको ताजाफूलको प्रयोग गर्नु ।
८. जुवा नखेल्नुहोस् : लक्ष्मी पूजाको दिन प्रायः मानिसहरु जुवा खेल्ने गर्छन् । देवी लक्ष्मीको कृपा पाउन चाहनुहुन्छ भने जुवा खेल्ने काम पनि नगर्नु ।
९. स्त्रीसँग सम्बन्ध नबनाउँनुस् : लक्ष्मी पुजाको रात आफ्नो पत्नी या कुनै परस्त्रीसँग सम्बन्ध नबनाउनु ।
१०. भेदभाव नगर्नु : लक्ष्मी पूजाको दिन उपहार दिँदा सबैलाई बराबर दिनुहो ।