गृहपृष्ठ ∕ समाज ∕ आज थुनामुक्त हुँदै सन्दीप लामिछाने आज थुनामुक्त हुँदै सन्दीप लामिछाने Karobarpati शुक्रबार, २०७९ पुस २९ गते, ०८:१४ मा प्रकाशित काठमाडौं-राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावदेन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए । लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज