गृहपृष्ठ ∕ समाज ∕ आज थुनामुक्त हुँदै सन्दीप लामिछाने आज थुनामुक्त हुँदै सन्दीप लामिछाने Karobarpati शुक्रबार, २०७९ पुस २९ गते, ०८:१४ मा प्रकाशित काठमाडौं-राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावदेन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए । लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत