२०८१ मंसीर १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाजनवौं संस्करणको नेपाल लिटरचेर फेस्टिभल भर्चुअल रूपमा हुने

नवौं संस्करणको नेपाल लिटरचेर फेस्टिभल भर्चुअल रूपमा हुने


काठमाडौं । आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पुस १४ र १५ गते पोखरामा हुने भएको छ। भर्चुअल रूपमा हुने फेस्टिभलमा दर्शकको उपस्थिति नहुने आयोजकले शनिबार जनाकारी गराएका छन् ।

पुस १३ गते शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ।
फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहने यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहने तय यस फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुने व्यवस्था गरिएको छ ।

 

भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजना गर्न जुटेको फेस्टिभलका निर्देशक अजित बरालले बताए। त्यस्तै फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड-१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए।

 

‘भौतिक रुपमा दर्शक एवम् श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको थियो,’ उनले भने, ‘तर कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले त्यो सम्भव भएन।’

 

फेस्टिभलका सहआयोजक संस्था र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए। ‘पोखरा माछापुच्छ्रेले चिनिन्छ। फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ। फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो।’

 

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको आयोजकको दाबी छ। साहित्य र संवादलाई एकैसाथ प्रवद्र्धन गरिरहेको महोत्सवले पोखरामा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिइरहेको आयोजकले अनुभव पेस गरेको छ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ