काठमाडौं । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान तथा मानवअधिकार महाभेलाको अवसरमा युवाहरुले बलात्कार जस्तो जघन्य अपराध विरुद्ध ऐक्वद्धता जनाएका छन् ।
विहिबार युथ एड्भोकेसी नेपालको आयोजनामा संघीय राजधानी काठमाडौंमा युवाहरुले विशाल भेलाको आयोजना गर्दै हिंसा विरुद्धको अभियानमा ऐवद्धता जनाएका हुन् ।
महिलाहरु माथि हुने हिंसा अन्त्य गर,श्रमिक महिलाहरुको पारिश्रमिक निर्धारण गर,गरिखाने वातावरण बनाउ,सरकार देखाउ इच्छा खै त महिला सुरक्षा,मानवअधिकारको रक्षा गर,निर्दोषलाई यातना दोषीलाई उन्मुक्ति कहिले सम्म मेरो सरकार भन्दै सरकारको जवाफ माग सहित प्लेकार्ड बोकेका युवाहरुले हिंसा विरुद्धको अभियानमा ऐक्वद्धता जनाएका हुन् ।
भेलालाई सम्बोधन गर्दै युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा युवाहरुको विशेष पहल कदमी हुनुपर्नेमा जोड दिए । उनले युवा परिवर्तनका सम्वाहक भएकाले सामाजिक कुरती र मानव अधिकार रक्षाको निम्ती हातेमालोको महत्वपूणर् भूमिका हुनेमा जोड दिए । युवाहरुले हिंसा विरुद्धको अभियानमा सक्रियता दिन नसक्दा हिंसा बढ्ने गरेको उनले जिकिर गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मानवअधिकार रक्षा, विधिको शासन र कानूनी कार्यन्वयनको पाटो सक्रिय हुनु पर्नेमा जोड दिएका थिए । उनीहरुले कोभिड – १९ को महामारी संक्रमणकाबीच सम्पन्न उक्त कार्यक्रममा युवाहरुको भूमिका अतुलनिय हुनेमा जोड दिएका छन् ।