काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनका लागि जारी गरेको कोटा प्रणाली हटाएको छ ।
जेठ ३१ गते राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सुचना जारी गदै कोटा प्रणाली हटाउँदै न्यून कर्मचारी राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै ग्राहककाे चाप अनुसार शाखा कार्यालय सञ्चालन बैंक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
कोभिड-१९को दोस्रो लहरसँगै संक्रमण नियन्त्रण तथा निवारणका लागि गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका लागू गरिएको निषेधाज्ञा सँगै राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाका लागि कोटा प्रणाली लागु गरेको थियो ।
राष्ट्र बैंकले जेठ १९ गते देखि उपत्यकामा काठमाडौं वाणिज्य बैंक ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका २ वटासम्म शाखा संचालनका लागि कोटा प्रणाली लागु गरेको थियो ।
सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले मंगलबारदेखि उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुुलो बनाएसँगै राष्ट्र बैैंकले बैंक तथा वित्तीय संस्थाको कोटा प्रणाली हटाईएको हो ।
राष्ट्र बैंकले यसअघि वैशाख १९ र जेठ १० गते जारी गरिएको निर्देशन खारेज गरेको छ ।