२०८१ भदौ २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवरिष्ठ न्यायाधीशकै आधारमा संवैधानिक इजलास

वरिष्ठ न्यायाधीशकै आधारमा संवैधानिक इजलास


काठमाडौं । नागरिकता अध्यादेशविरुद्धको मुद्धाको सुनवाई गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले  वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा राणसहित दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

वरीयताक्रममा ५ औं नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना संक्रमणका कारणले  खतिवडा संवैधानिक इजलासमा परेका हुन् ।

संसद विघटनको मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका हुन । यही जेठ २३ गते विवादको सुनुवाइका लागि पेशी तोकेका छन् ।

नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने व्यवस्था छ । इजलास सञ्चालन गर्न संविधानले सर्वोच्च अदालतलाई अधिकार दिएको छ ।

संवैधानिक इजलास गठन भएलगत्तै आज नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ सो अध्यादेश जारी गरेकी  थिइन । अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ