वीरगञ्ज महानगरपालिकाले महानगरको ११ औं नगरसभामा आर्थिक वर्षे २०७९/८०का लागि ३ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
शुक्रबार महानगरपालिकाका उपमेयर इत्यिाज आलमले नगरसभामा बजेट प्रस्तुत गरेका हुन ।उपमेयर आलमले प्रस्तुत चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार बजेट विनियोजित गरेको बताएका छन ।
उपमेयर आलमले प्रस्तुत गरेकाे बजेटको स्रोतमा आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड र विशेष अनुदान ७ करोड ९८ लाख २४ हजार रुपैयाँ, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख प्राप्त हुने उल्लेख छ ।
त्यस्तै उपमेयर आलमले अपुग हुने ४४ करोड १९ लाख ५९ हजार चालु आर्थिक वर्षको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोर्ने बताए ।