२०८१ मंसीर २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशआगामी आवकाे लागि विराटनगर महानगरको बजेट ३ अर्ब ६२ करोड ५५ लाख

आगामी आवकाे लागि विराटनगर महानगरको बजेट ३ अर्ब ६२ करोड ५५ लाख


विराटनगर — विराटनगर महानगरपालिकाले महानगरको १० औं नगरसभामा आर्थिक वर्षे २०७९/८०का लागि ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

शुक्रबार भएको उक्त नगरसभामा उपमेयर शिल्पा निरौला कार्कीले आगामी आर्थिक वर्षको लागि तय गरिएको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तावित बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड ७१ लख १७ हजार, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७ करोड र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ६० लाख रुपैयाँ खर्चे हुने अनुमान गरिएको छ ।

महानगरको आगामी आवको बजेटको स्रोतमा संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब २१ करोड र प्रदेश सरकारतर्फ ४ करोड ९७ लाख, राजश्व बाँडफाँडबाट १ अर्ब १३ करोड ९९ लाख, आन्तरिक आय १ अर्ब, जनसहभागिता ८ करोड, अन्य अनुदान तथा ऋणबाट १० करोड १९ लाख तथा अन्य संस्था ३ करोड ६० लाख रुपैयाँ विनियोजन हुने अनुमान गरिएको छ ।

उपमेयर शिल्पा निरौला कार्कीले प्रस्तुत बजेटमा आगामी वर्ष सञ्चालन मुख्य आयोजनामा वडास्तरीय आयोजनातर्फ ४१ करोड ६८ लाख, नगरस्तरीय आयोजनामा ३० करोड, बहुवर्षीय तथा गौरवका लागि आयोजनाको लागि २९ करोड, क्रमागत भुक्तानीका लागि ४० करोड, आरयूडीपीबाट सडक मर्मत सम्भारको लागि १४ करोड र अन्य पूर्वाधार तर्फ ९ करोड, फोहोर पानी प्रशोधन केन्द्रको लागि २ करोड र समपूरक कोष ४ करोड ८० रुपैयाँ लाख विनियोजन गरिएको उल्लेख छ ।

त्यस्तै, महानगरले चालू आव २०७८/७९ को जेठ मसान्तसम्म संशोधित कुल अनुमानित आय तर्फ ४ अर्ब ६३ करोड गरिएकोमा २ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ बराबर भएको छ भने अनुमानमानित व्यय तर्फ ४ अर्ब ६३ करोड गरिएकोमा कुल व्यय १ अर्ब ७४ करोड ६० लाख भएको छ । पुँजीगत खर्चतर्फ २ अर्ब १ करोड अनुमान गरिएकोमा ८२ करोड ४ लाख खर्च भएको छ ।

त्रिवर्षीय मध्यकालीन खर्च संरचनाअनुरुप आव २०८०/८१ का लागि ३ अर्ब ९८ करोड ८१ लाख २३ हजार र आव २०८१/८२ का लागि ४ अर्ब ३८ करोड ६९ लाख ३६ हजार आय तथा व्ययको अनुमान गरिएको छ।

उक्त नगरसभामा महानगरका मेयर नागेश कोइरालाले नगरवासीले  आशा गरे अनुसार केही हदसम्म बजेटले संवोधन गरेपनि प्रयाप्त काम नभएको बताएका छन् ।उनले प्रदेश, केन्द सरकार र विभिन्न दातृ निकायको सहयोगमा महानगरको विकास हुने बताए ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #१० औं नगरसभा, #नागेश कोइराला, #विराटनगर महानगरपालिका, #शिल्पा निरौला कार्की


तपाईको प्रतिक्रिया दिनुहोस