२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशआफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू

आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू


सुनसरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन् ।

धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

मेयर साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्ड वृक्षारोपणमा सहभागी भए । वृक्षारोपण कार्यक्रममा श्रमदान गर्दै प्रचण्डले साम्पाङ धरानका लागि अवसर भएको टिप्पणी गरे ।  माओवादीले गर्ने कार्य साम्पाङले गरेको भन्दै प्रशंसा गरेका प्रचण्डले देशभरका सबै श्रमजिवी जनतालाई पनि साम्पाङबाट प्रेरणा लिन आग्रह गरे ।

आफू र आफ्नो पार्टीको साथ र समर्थन रहेको साम्पाङलाई जानकारी गराउँदै प्रचण्डले जनताको साथ र समर्थन पाइराख्न आग्रह पनि गरे ।
मेयर साम्पाङको आह्वानमा हरेक शुक्रबार वृक्षारोपण कार्यक्रम हुँदै आएको छ ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ