२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिप्रचण्ड-माधव पक्षको निर्णय एमाले र  माओवादी केन्द्र अलग अलग भएर जाने

प्रचण्ड-माधव पक्षको निर्णय एमाले र  माओवादी केन्द्र अलग अलग भएर जाने


काठमाडौं । सर्वोच्च अदालतको फैसला सँगै  एमाले र  माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।

आज पेरिसडाँडामा प्रचण्ड-माधव पक्षको स्थायी समितिको  बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निणर्य गरेको नेता झलनाथ खनालले जानकारी दिए ।

पत्रकारहरूसँग  छोटकरीमा कुरा गदै  ‘फेरि भेटौंला’ भन्दै उनी बाहिरिए।

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेलको पार्टी रहेको फैसला सँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।

सर्वोच्चले ऋषिराम कट्टेललाई नेकपाको आधिकारिता दिए सँगै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो।
यसअघि माधव पक्षको स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #प्रचण्ड-माधव पक्ष


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ