गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ थाइल्याण्डको आन्दोलन नजिकबाट अनुगमन गरिरहेको राष्ट्रंघीय मानवअधिकार आयोग थाइल्याण्डको आन्दोलन नजिकबाट अनुगमन गरिरहेको राष्ट्रंघीय मानवअधिकार आयोग Karobarpati शनिबार, २०७७ कात्तिक १ गते, १८:१० मा प्रकाशित न्युयोर्क । संयुक्त राष्ट्रंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बताएका हुन्। डुजारिकले संयुक्त राष्ट्रसंघको त्यस अनुगमनबाट हेर्दा थाइल्याण्डका नागरिकले शान्तिपूणर् रुपमा आन्दोलन गर्न पाउनुपर्ने पनि बताएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता डुजारिकले पत्रकार सम्मेलनमा भनेका थिए‚ ‘हामीले यस आन्दोलनलाई धेरै नै नजिकबाट अनुगमन गरिरहेका छौँ, यहाँका प्रदर्शनकारी र यहाँका सरकारी अधिकारीहरुको निकटमै रहेर हामीले यस आन्दोलनको अनुगमन गरिरहेका छौँ।’ उनले संसारमा नै हरेक देशका नागरिकहरुले आफ्ना मागहरु राखेर प्रजातान्त्रिक रुपमा र शान्तिपूणर् रुपमा प्रदर्शन गर्न पाउने अधिकार रहेको पनि बताए। हरेक नागरिकले बिनाहातहतियार शान्तिपूणर् रुपमा प्रदर्शन गरेर आफ्ना मागहरु राख्ने अधिकार पाउने र त्यो अधिकार थाइल्याण्डले पनि दिनुपर्ने उनले बताए। उनले सो पत्रकार सम्मेलनका क्रममा थाइ सरकारलाई आन्दोलन गर्ने नागरिकको अधिकार नखोस्न बारम्बार भनेका थिए। क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात