काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कम्पनीले विगत १५ वर्षयता १० वर्षको कर नबुझाएको आरोप सार्वजनिक भएको छ ।
सन् २०१६ मा राष्ट्रपति ट्रम्पले ७५० अमेरिकी डलर बराबरको संघीय आम्दानी कर मात्र बुझाएको द न्युयोर्क टाइम्सले जनाएको छ । यो वर्ष अमेरिकी राष्ट्रपति पदको चुनाव जितेका थिए । ट्रम्पका कम्पनीहरूले घाटा दशाईरहेका छन ।
राष्ट्रपति ट्रम्पले न्युयोर्क टाइम्सको समाचारलाई पूर्णरूपमा गलत समाचार ‘फेक न्युज’ भनेका छन । वास्तवमा मैले कर चुक्ता गरेको र मेरो कर फिर्ता पूरा भएको ट्रम्पले जनाएका छन ।
टाइम्सले राष्ट्रपति ट्रम्पको र उनको कम्पनीको कर फिर्तासम्बन्धी विषयका अध्ययन गरेको जनाएको छ । अखबारले सन् १९९०को दशक देखि उनको व्यक्तिगत कर फिर्ता सन् २०१६ र सन् २०१७का लागि पनि अध्ययन गरेको जनाएको छ । ट्रम्पले सन् २०१६मा ७५० अमेरिकी डलर आय कर बुझाए भने सन् २०१७मा ७५० डलर बुझाए । ट्रम्प संगठनले पनि यो आरोप अस्वीकार गरेको छ ।
ट्रम्प संगठनका प्रमुख कानुनी अधिकारी एलन गार्टनले विगतका दशमा ट्रम्पले करौडौ डलर कर बुझाएको जनाएका छन। उम्मेवारी घोषणा गरेका बेला उनले करोडौं कर बुझाएको उनले जनाए ।
सरकारी फाइलमा सन् २०१८ मा राष्ट्रपतिले ४३ करोड ४९ लाख अमेरिकी डलर आम्दानी गरेको उल्लेख छ । अखबारका अनुसार ट्रम्पका ठूला व्यवसायले करोडौंको घाटा हुँदै आएको जनाउँदै आएको हो ।