२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलङ्काको केन्द्रीय बैङ्कले घटायो नीतिगत ब्याजदर

श्रीलङ्काको केन्द्रीय बैङ्कले घटायो नीतिगत ब्याजदर


श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी सुविधा अन्तर्गतको निक्षेप र कर्जाको ब्याजदर घटाउने निणर्य गरेको छ ।

केन्द्रीय बैङ्कले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको ब्याजदर र स्थायी कर्जा सुविधाको ब्याजदर एक सय आधार बिन्दुमा व्रmमशः १० र ११ प्रतिशतले घटाएको जनाएको छ ।सेन्ट्रल बैङ्क अफ श्रीलङ्काले बुधबार बसेको मौद्रिक बोर्डको बैठकमा उक्त निणर्य लिइएको उल्लेख गरेको छ ।

मुद्रास्फीतिलाई मध्यकालीन अवधिमा परिकल्पना गरिएको पाँच प्रतिशतको स्तरमा स्थिर बनाउने लक्ष्यसँगै घरेलु अर्थतन्त्रमा कम मुद्रास्फीति बनाउने अपेक्षासहित मौद्रिक बोर्डले वर्तमान र अपेक्षित घटनाव्रmमको विश्लेषण गरी यस्तो निणर्य लिएको केन्द्रीय बैङ्कले जनाएको छ । यो निणर्यले अर्थतन्त्रको सम्भावित वृद्धिलाई सक्षम बनाउने अपेक्षा गरिएको छ ।

यसअघिको मौद्रिक नीतिलाई उल्लेखनीय रूपमा खुकुलो बनाएसँगै नीतिगत ब्याजदरमा गरिएको यो कटौतीले आगामी दिनमा बजार ब्याजदर विशेष गरी कर्जा दरहरूलाई कम गर्न गति प्रदान गर्ने अपेक्षा गरिएको छ ।

मौद्रिक अवस्थाको निरन्तर सहजताको लाभ व्यक्ति र व्यवसायलाई पर्याप्त र द्रुत रूपमा हस्तान्तरण गर्न केन्द्रीय बैङ्कले वित्तीय क्षेत्रलाई आग्रह गरेको छ । खाद्य तथा गैरखाद्य दुवै मुद्रास्फीतिमा भएको गिरावटका कारण मुद्रास्फीतिको वार्षिक आधारमा कोलम्बो उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बर महिनामा लक्ष्यभन्दा कम १.३ प्रतिशतले झरेको केन्द्रीय बैङ्कले जनाएको छ ।

श्रीलङ्काले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा उसको ब्याजदरलाई उल्लेखनीय रूपमा बढाएको थियो । सन् २०२३ मा उक्त ब्याजदरलाई दुई पटक घटाइएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ