२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियइण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम

इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम


 

मुम्बई। गायन, नृत्य अथवा अभिनयको रियालिटी शो नै किन नहोस् । ती शोका विजेताहरु सीमित समयवाधिका लागि मात्र चर्चामा रहन्छन् ।

जब अर्को विजेताको घोषणा हुन्छ, पूर्व विजेताको विस्तारै हराउदै गएका उदाहरण धेरै छन् । उनीहरु कहाँ के गरिरहेका छन् भन्ने भेउ फ्यानले पनि पाउँदैनन् ।

भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ विजेताको सूची हेर्ने हो भने यस्तै अवस्था छ । यहाँ पहिलो ‘इण्डियन आइडल’ अभिजित सावन्तदेखि पछिल्लो संस्करणका विजेता पवनदिप राजन के गरिरहेका छन् भन्ने कुरा प्रस्तुत गरिएको छ ।

अभिजित सावन्त

अभिजित सावन्तले पहिलो ‘इण्डियन आइडल’को ट्रफी जितेका थिए । अहिले उनी संगीत उद्योगदेखि गायब नै छन् ।

सन्दिप आचार्य

सन्दिप ‘इण्डियन आइडल २’ का विजेता हुन् । उनको सन् २०१३ मा निधन भइसकेको छ ।

प्रशान्त तामाङ

प्रशान्त ‘इण्डियन आइडल ३’ का विजेता हुन् । उनी लाइभ शो गर्छन् र क्षेत्रीय भाषामा गीत गाउँछन् । यतिमात्र नभई उनी नेपाली फिल्ममा पनि सक्रिय छन् ।

सौरभी देवबर्मा

सौरभी ‘इण्डियन आइडल ४’ कि विजेता हुन् । उनी आजकल लाइभ शोमै गीत गाउँछिन् ।

श्रीराम चन्द्र मयनमपति

श्रीराम ‘इण्डियन आइडल ५’का विजेता हुन् । आजकल उनी संगीत उद्योगमै सक्रिय छन् ।

विपुल मेहता

विपुल ‘इण्डियन आइडल ६’ का विजेता हुन् । उनी अहिले उद्योगबाट गुमनाम छन् ।

अन्जना पद्यनाभन

अन्जना ‘इण्डियन आइडल ७’ की विजेता हुन् । उनी पनि अहिले उद्योगबाट गायब छिन् ।

अनन्या श्रीतम नन्दा

अनन्या ‘इण्डियन आइडल ८’ कि विजेता हुन् । उनी अहिले पनि गायनमै सक्रिय छिन् ।

एलवी रेवन्त

एलवी ‘इण्डियन आइडल ९’का विजेता हुन् । उनी संगीतमा सक्रिय छन् ।

सलमान अली

सलमान ‘इण्डियन आइडल १०’का विजेता हुन् । उनी रियालिटी शो र लाइभ शोमा व्यस्त छन् ।

सनी हिन्दुस्तानी

सनी ‘इण्डियन आइडल ११’का विजेता हुन् । उनी लाइभ शो गरिरहेका छन् ।

पवनदिप राजन

पवनदिप ‘इण्डियन आइडल १२’का विजेता हुन् । उनी लगातार गायन रियालिटी शोमा आफ्नो उपस्थिति जनाउदै आएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ