काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक उमेदवार जो बाइडेन विजयी भएका छन् । रिपब्लिकन उमेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
३ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले २७९ इलेक्टोरल कलेज मत प्राप्त गर्दै बाइडेन विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन् ।
बाइडेनको यो विजयसँगै सन् १९९० पछि एक कार्यकाल मात्र अमेरिकी राष्ट्रपति बन्ने ट्रम्प पहिलो व्यक्ति बनेका छन् । यस निर्वाचनमा सन् १९०० पछि पहिलो पटक अमेरिकामा सबैभन्दा बढी मत खसेको हो ।
बाइडेनले सात करोड ४५ लाख मत प्राप्त गरेसंगै अमेरिकी इतिहासकै सबैभन्दा दोस्रो ठूलो मत हो ।
मत गणना जारी रहँदै राष्ट्रपति उमेदवार ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए । उनले मतगणनामा समेत अनियमितता भएको आरोप लगाएका छन् । तर, उनले कुनै पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् ।