गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने Karobarpati शनिबार, २०७८ असार ५ गते, १४:३७ मा प्रकाशित काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड-१९ बाट प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ। कोभिड-१९ संक्रमण दोस्राे लहर तीव्र फैलिएको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम् परिस्थितिका कारण कर्जा ग्राहकहरुको व्यावसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेका कारण नगद प्रवाहमा प्रतिकूल असर परेकाले ग्राहकहरुले नियमित कर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गरिएको बैंकद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसरी ब्याज छुट हुँदा कर्जा भूक्तानी गर्न सहज हूने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पूग्ने अपेक्षा गरी २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने कोभिड-१९ बाट प्रभावित ग्राहकहरुलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निणर्य गरिएको बैंकले जनाएको छ । विश्वव्यापी रुपमा देखापरेको कोरोबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् विभिन्न नीतिगत सहूलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्नसक्ने व्यवस्था गरेको बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो ५ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ६ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ७ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ट्रेण्डिङ वित्तीय व्यवस्थापनमा कर्णाली : राजस्व संकलन न्यून, अनुदानकै बजेट फिर्ता गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रिमा ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन हुम्लाका सरकारी कार्यालयका अधिकारीलाई अनुगमनको चटारो लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन वित्तीय व्यवस्थापनमा कर्णाली : राजस्व संकलन न्यून, अनुदानकै बजेट फिर्ता गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रिमा ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन हुम्लाका सरकारी कार्यालयका अधिकारीलाई अनुगमनको चटारो लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन