काठमाडौँ । उद्यमशीलता बहुद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौको बनस्थलीमा आज सम्पन्न उक्त सभाले उल्लेख्य शेयरधनी सदस्यको उपस्थितिमा संस्थाका अध्यक्ष डिल्ली प्रसाद कार्कीले पेश गर्नु भएकोे आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण, संस्थाको विनिमय संशोधन , अन्य संस्थासँग एकीकरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै, सभाले आर्थिक वर्ष २०७९-८० को बार्षिक निति कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।