काठमाडौं – आरएमडिसी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ ।
उक्त सभा रुपन्देही बुटवलस्थित एशियन होटल प्रा.लिमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
लघुवित्त संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको १३७ औं बैठकले कम्पनीको ९ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।त्यस्तै उक्त बैंठकले गत आर्थिक २०७८/७९ नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश मध्ये हाल कायम भएको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने ६ करोड ४४ लाख १२ हजार ४५९ रुपैयाँ बराबरको बोनश शेयर र ३ प्रतिशतका दरले हुन आउने २ करोड ४१ लाख ५४ हजार ६७२ रुपैयाँ (बोनश शेयरको कर प्रयोजार्थ समेत गरी) बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १४ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।