२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनबिलले बोलायो साधारण सभा

नबिलले बोलायो साधारण सभा


काठमाडौं – नबिल बैंकको वार्षिक साधारण सभा  पुस २९ गते बस्ने भएको छ ।

उक्त सभा काठमाडौंस्थित सिल्भर ओक ब्याङक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारामा बिहान १० बजेबाट सुरु हुनेछ ।

बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको ११.५० प्रतिशतले हुन आउने २ अर्ब ६२ करोड ५७ लाख ८४ हजार ४९२ रुपैया  बराबरकाे नगद लाभाश बितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै बैंकले हाल कायम चुक्ता पुँजीकै १८.५० प्रतिशतले (प्रत्येक १०० सेयर बराबर १८.५० बोनस सेयर ) हुन आउने ४ अर्ब २२ करोड ४० लाख ८८ हजार ९६ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

नबिलको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग, नेपाल बङ्गलादेश क्यापिटल, एनबिबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७८-७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १८ बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ