२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचैतबाट नयाँ स्प्रेड दर कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन

चैतबाट नयाँ स्प्रेड दर कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन


काठमाडौं । नेपाल राष्ट्र बैंकले “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई नयाँ स्प्रेड दर चैतबाट कार्यन्वयन गर्ने निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै २०७९ चैत्र महिनाबाट औसत ब्याजदर अन्तर “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.२ प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ४.८ प्रतिशत भन्दाबढी नहुने व्यवस्था गर्ने  निर्देशन दिएको छ ।

त्यस्तै सो अन्तर २०८० असार महिनाबाट “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.० प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ४.६ प्रतिशत भन्दाबढी नहुने व्यवस्था गर्नु पर्नेछ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले गरेका ब्यबस्था कार्यन्वयनको लागि क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको लागि निर्देशन जारी गरेको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ