२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रअटोरेनोको नयाँ क्वीड गाडी सार्वजनिक

रेनोको नयाँ क्वीड गाडी सार्वजनिक


काठमाडौं । रेनोको लागि नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइलले क्विड बिएस ६ सार्वजनिक गरेको हो। यूरोपियन गाडी ब्रान्ड रेनोको नयाँ क्विड नेपालमा सार्वजनिक भएको छ ।

नयाँ क्विड बोल्ड, अधिक स्टाइलिस र धेरै ‘फस्ट—इन—क्लास’ सुविधाहरू रहेको कम्पनीको दावी छ । क्विड बिएस ६ २ वटा विकल्पमा ल्याइएको छ। १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध क्विड बिएस६ ले ६७ बिएचपी पावर र ९१ एनएक टर्क ’जेनेरेट’ गर्छ। ५ सिट क्षमताको यो गाडीमा २७९ लिटरको बुट स्पेस (डिक्की) छ ।

यसमा पावर स्टेरिङ, पावर विन्डो, एबिएस, एयर ब्याग, एयर कन्डिस्नर लगायतका फिचर्स छन् । आरएक्सटी (ओ) विकल्पको २४ लाख ९९ हजार र आरएक्सटी (अटोमेटिक)को २६ लाख ४९ हजार निर्धारण गरिएको छ ।


क्याटेगोरी : अटो



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ