२०८१ असार ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रअटोअब नेपली बजारमा निशान म्यागनाइट एसयूभी

अब नेपली बजारमा निशान म्यागनाइट एसयूभी


काठमाडौँ । निशान मोटर्सको बहुप्रतिक्षित “बिग, बोल्ड, ब्युटिफुल” बी-एसयूभी म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरूपमा सार्वजनिक भएको छ ।

निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने तयारी थालनी गरेको छ ।

यो “बिग, बोल्ड, ब्युटिफुल” एसयूभीमा स्पोर्टी लुक्स सहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन् भने निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ ।

एउटा नेचुरली एसपिरेटेड इञ्जिन हुन्छ भने अर्को टर्बोचाज्र्ड इञ्जिन हो । निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टिएफटि ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत फिचरहरु उपलब्ध हुन्छ ।
अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएको छ । नेपाली बजारमा भित्रिने यस एसयुभिको मूल्यको आधारमा यो गाडी एकदम उचित र प्रिमियम रहेको देखिन्छ ।


क्याटेगोरी : अटो



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ