२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिगठबन्धनबारे ओलीको टिप्पणी- एमालेले नक्कली बिहे गरेर सक्कली डिभोर्स गर्दैन 

गठबन्धनबारे ओलीको टिप्पणी- एमालेले नक्कली बिहे गरेर सक्कली डिभोर्स गर्दैन 


काठमाडौं -प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने बताएका छन् ।

सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यथास्थिति नै दोहोरिने खालका गठबन्धन बनाउन एमाले अग्रसर नहुने बताए । बिहे र डिभोर्सको प्रसङ्गलाई जोडेर गठबन्धनबारे ओलीले नक्कली बिहे गरेर सक्कली डिभोर्स नगर्ने बताए ।

‘एकपल्ट बिहे हुन्छ फेरि डिभोर्स हुन्छ । फेरि बिहे हुन्छ, फेरि डिभोर्स पनि हुन्छ । यसको पछाडिको कारण डिभोर्स चैँ साँचो हुन्छ, बिहे चैँ नक्कली हुन्छ,’ ओलीले भने, ‘त्यस कारण साँचो डिभोर्स गर्नका लागि, नक्कली बिहे गर्न एमाले हत्तारिँदैन ।’

देश र जनतालाई हित र फाइदा नहुने गठबन्धन एमालेले नगर्ने भन्दै उनले देश परिवर्तनको शक्तिसहित अघि बढ्ने बताए ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ