२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकार र अनसनरत डा. गोविन्द केसीबीच ८ बुँदे सहमति, डा. केसीले आज अनसन तोड्ने

सरकार र अनसनरत डा. गोविन्द केसीबीच ८ बुँदे सहमति, डा. केसीले आज अनसन तोड्ने


काठमाडौं । डा गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएपछि २७ दिनयता अनसनरत डा.केसी आज अनसन तोड्ने भएका छन।
शनिबार राती सरकारी पक्ष र डा केसी पक्षबीच वार्तामा ८ बुँदै सहमति भएपछि भएको डा केसीले आज (आइतबार)मात्र अनसन तोड्ने भएका छन् ।

सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ।

 

सरकारी पक्ष डा केसी पक्षसँग सहमतिपत्रमा हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो। हिजो शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको वार्ता टोलीले राती निष्कर्ष निकालेको हो।

बिहीबार सकारात्मक रुपमा सुरु भएको वार्ता शुक्रबार भने निराशाजनक भएपछि वार्ता लगत्तै डा केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो।
शुक्रबार राती ९ बजे सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको थियो। तर बिहीबारको कुराकानीभन्दा शुक्रबार सरकारी पक्ष पछि हटेपछि वार्ता निष्कर्षविहीन भएको थियो।

२७ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर भएपनि उनले आफ्ना माग पूरा नहुन्जेल डा केसीले अनसन जारी राख्ने अडान दोहोर्‍याउँदै आएका थिए


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ