गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड Karobarpati आईतबार, २०७९ वैशाख ४ गते, १०:५० मा प्रकाशित चितवन – राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा गएराति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए । खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । अध्यक्ष खरालको घरमा भएको आक्रमणको उनले भर्त्सना गरेका छन् । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न उनले माग गरेका छन् । ‘स्थानीय प्रशासनले घटनाको तत्काल छानविन गरी दोषी माथि कडाभन्दा कडा कारबाही गरोस् । राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ’, उनले भनेका छन् । घटनाको जानकारी आएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिए । ‘हामीले अनुसन्धान सुरु गरेका छौँ । शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरेका छौँ । अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन’, उनले भने । क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेपाली मुद्रा इतिहासकै कमजोर ३ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ४ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ५ हिमालयन बैंकको ऋणपत्र खुल्दै ६ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ बढ्यो सुनको भाउ मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु आजदेखि मन्दाकीनी हाइड्रोको आईपिओ खुला लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य बढ्यो सुनको भाउ मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु आजदेखि मन्दाकीनी हाइड्रोको आईपिओ खुला लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य