गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ स्वास्थ्य अवस्था गम्भीर भएपछि डोनाल्ड ट्रम्प अस्पताल भर्ना स्वास्थ्य अवस्था गम्भीर भएपछि डोनाल्ड ट्रम्प अस्पताल भर्ना Karobarpati शनिबार, २०७७ असोज १७ गते, ०८:५२ मा प्रकाशित काठमाडौं । शुक्रवार कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य गम्भीर बनेपछि अस्पताल भर्ना भएका छन् । ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ । उनीसहित उनकी श्रीमति मेलानिया ट्रम्पमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकी राष्ट्रपति चुनावका लागि सक्रिय रहेका ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका अवस्थामा स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल लगिएको हो । ट्रम्पलाई उनको विशेष हेलिकोप्टर मरिन-१ बाट मेडिकल सेन्टर लगिएको थियो । यसअघि ट्रम्पले एक ट्वीट गरी आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । अस्पताल प्रस्थान गर्नुअघि ट्रम्पले आफूहरुको स्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति पदको चुनावका प्रतिस्पर्धी जो बाइडेन लगायतले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता