२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिखुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो

खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो

देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते


काठमाडौं- नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो ।

खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन्

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।

शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ