गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ ठेकेदारको लापरबाहीले पुल अलपत्र ठेकेदारको लापरबाहीले पुल अलपत्र Karobarpati बिहीबार, २०७८ मंसीर २ गते, ०८:२३ मा प्रकाशित उदयपुरको चौदण्डीगढी नगरपालिका- ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा- ४ बसाहा चिचाई टोल र वडा- ५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो । सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ मिटर लम्बाइ रहेको छ । रामजानकी निर्माण सेवा कम्पनीले एक वर्षमा सक्नुपर्ने योजना तीन वर्ष बितिसक्दासमेत काम हुन सकेको छैन । निर्माण कम्पनीले वारिपारि दुईवटा पिल्लर उठाएर ठेकेदार बेेपत्ता भएपछि एक वर्षमा सकिनुपर्ने काम नसकिएको हो । अब स्ल्याब मात्र राख्न बाँकी छ । तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयबासीले वर्षायाममा बाढीको समयमा वारिपारि आउजाउ गर्न सास्ती खेप्नुपरेको स्थानीय रमेश बिष्टले बताए । निर्माण कम्पनीका ठेकेदार शम्भु ठाकुरले केही दिनमा पुनः निर्माणको काम सुरु हुने बताए । ‘आगामी जेठ मसान्तभित्रमा सक्नुपर्ने दबाब छ मलाई, त्यसैले चाँडै काम सुरु हुनेछ’, उनले भने । सो पुल ११ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो । त्यसैगरी बसाहा शनिबारेस्थित कालीखोलाको पुलमा स्ल्याब हालिसकिएकनले त्यहाँको पनि काम चाँडै सक्ने ठेकेदार ठाकुरले बताए । दुवै पुल एउटै निर्माण कम्पनीले ठेक्का लिएको हो । निर्माण कम्पनीका इञ्जिनियर सुरेन्द्र सिंहले भने, ‘काम छाडेको छैन । त्यही कामका लागि इक्विपमेन्टहरू पठाउने काम भइरहेको छ । छिट्टै काम थाल्नेछौँ ।’ क्याटेगोरी : कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा एमाले महाधिवेशन : मतदान जारी घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा एमाले महाधिवेशन : मतदान जारी घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक