गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ ठेकेदारको लापरबाहीले पुल अलपत्र ठेकेदारको लापरबाहीले पुल अलपत्र Karobarpati बिहीबार, २०७८ मंसीर २ गते, ०८:२३ मा प्रकाशित उदयपुरको चौदण्डीगढी नगरपालिका- ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा- ४ बसाहा चिचाई टोल र वडा- ५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो । सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ मिटर लम्बाइ रहेको छ । रामजानकी निर्माण सेवा कम्पनीले एक वर्षमा सक्नुपर्ने योजना तीन वर्ष बितिसक्दासमेत काम हुन सकेको छैन । निर्माण कम्पनीले वारिपारि दुईवटा पिल्लर उठाएर ठेकेदार बेेपत्ता भएपछि एक वर्षमा सकिनुपर्ने काम नसकिएको हो । अब स्ल्याब मात्र राख्न बाँकी छ । तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयबासीले वर्षायाममा बाढीको समयमा वारिपारि आउजाउ गर्न सास्ती खेप्नुपरेको स्थानीय रमेश बिष्टले बताए । निर्माण कम्पनीका ठेकेदार शम्भु ठाकुरले केही दिनमा पुनः निर्माणको काम सुरु हुने बताए । ‘आगामी जेठ मसान्तभित्रमा सक्नुपर्ने दबाब छ मलाई, त्यसैले चाँडै काम सुरु हुनेछ’, उनले भने । सो पुल ११ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो । त्यसैगरी बसाहा शनिबारेस्थित कालीखोलाको पुलमा स्ल्याब हालिसकिएकनले त्यहाँको पनि काम चाँडै सक्ने ठेकेदार ठाकुरले बताए । दुवै पुल एउटै निर्माण कम्पनीले ठेक्का लिएको हो । निर्माण कम्पनीका इञ्जिनियर सुरेन्द्र सिंहले भने, ‘काम छाडेको छैन । त्यही कामका लागि इक्विपमेन्टहरू पठाउने काम भइरहेको छ । छिट्टै काम थाल्नेछौँ ।’ क्याटेगोरी : कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा