गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ ठूलो मात्रामा अवैध चिरान बरामद ठूलो मात्रामा अवैध चिरान बरामद Karobarpati मंगलबार, २०७८ कात्तिक २३ गते, २०:२१ मा प्रकाशित डिभिजन वन कार्यालय सिराहा लहानले ठूलो मात्रामा सालको अवैध चिरान काठ बरामद गरेको छ । विशेष सूचनाको आधारमा मिर्चैया नगरपालिका-९ पुलिसपट्टामा जम्मा गरी राखेको करिब तीन लाख मूल्य बरावरको ५१ थान सालको चिरान बरामद गरिएको हो । चुरे क्षेत्रको बाटोहुँदै अवैधरूपमा तस्करहरूले काठ ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजन वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए । बरामद काठ जंगलक्षेत्रमा यत्रतत्र छरिएको अवस्थामा फेला परेको दासले जानकारी दिए । बिक्रीको लागि ठिक्क पारिएर राखेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुग्दा कतै दुई वटा कतै चार वटा छरिएर राखेको अवस्थामा काठ फेला परेको वन अधिकृत दासले जानकारी दिए । दासले उदयपुरबाट चोरी पैठारी गरी सिराहातर्फ सखुवाको चिरान आउने गरेको बताए । काठको नापजोख गर्न बाँकी रहेको उनले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दासले जानकारी दिए । क्याटेगोरी : मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज