गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने Karobarpati शनिबार, २०७८ असार ५ गते, १४:३७ मा प्रकाशित काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड-१९ बाट प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ। कोभिड-१९ संक्रमण दोस्राे लहर तीव्र फैलिएको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम् परिस्थितिका कारण कर्जा ग्राहकहरुको व्यावसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेका कारण नगद प्रवाहमा प्रतिकूल असर परेकाले ग्राहकहरुले नियमित कर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गरिएको बैंकद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसरी ब्याज छुट हुँदा कर्जा भूक्तानी गर्न सहज हूने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पूग्ने अपेक्षा गरी २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने कोभिड-१९ बाट प्रभावित ग्राहकहरुलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निणर्य गरिएको बैंकले जनाएको छ । विश्वव्यापी रुपमा देखापरेको कोरोबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् विभिन्न नीतिगत सहूलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्नसक्ने व्यवस्था गरेको बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ७ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ट्रेण्डिङ ईडीभी परेर अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल ५२ अंकले बढ्यो नेप्से एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट ईडीभी परेर अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल ५२ अंकले बढ्यो नेप्से एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट