गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने Karobarpati शनिबार, २०७८ असार ५ गते, १४:३७ मा प्रकाशित काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड-१९ बाट प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ। कोभिड-१९ संक्रमण दोस्राे लहर तीव्र फैलिएको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम् परिस्थितिका कारण कर्जा ग्राहकहरुको व्यावसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेका कारण नगद प्रवाहमा प्रतिकूल असर परेकाले ग्राहकहरुले नियमित कर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गरिएको बैंकद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसरी ब्याज छुट हुँदा कर्जा भूक्तानी गर्न सहज हूने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पूग्ने अपेक्षा गरी २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने कोभिड-१९ बाट प्रभावित ग्राहकहरुलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निणर्य गरिएको बैंकले जनाएको छ । विश्वव्यापी रुपमा देखापरेको कोरोबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् विभिन्न नीतिगत सहूलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्नसक्ने व्यवस्था गरेको बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ७ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ट्रेण्डिङ अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु