गृहपृष्ठ ∕ राजनीति ∕ परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन संवाद परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन संवाद Karobarpati शुक्रबार, २०७७ चैत्र २७ गते, २०:२५ मा प्रकाशित काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन संवाद भएको छ । नेपालले भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियासँग किनेको १० लाख डोज खोप आउन ढिलाइ भइरहेका बेला दुई देशका परराष्ट्रमन्त्रीबीच भएको संवादलाई अर्थपूणर् रुपमा हेरिएको छ । दुबै परराष्ट्रमन्त्रीले कोभिड-१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरेका छन् । साथै मन्त्री ज्ञवालीले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो डोज खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका विदेश मन्त्रीसँग अनुरोध गरेको मन्त्रालयद्वारा जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । त्यस्तै भारतीय विदेश मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिएका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन