काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा चैत्र ५गते बिहीबार काठमाडौंमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष श्री सचिनजङ्ग रायमाझी ज्यूकोे सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री विनोद आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथिको रुपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङ्गज्यूले विगत केही वर्ष यतादेखि आशा लाग्दो तरीकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिनुभयो ।
गाउँ बस्तीमा रहेका विपन्न वर्गका घरदैलोमा पुगेर सेवादिई गरीबलाई धनी बनाउने पुण्य कार्यमा अहोरात्र खटिने सम्पूणर् कर्मचारीहरुलाई धन्यवाद दिनुहुंदै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।
नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा लाभांश पारित गरेको छ भने सर्वसाधारण सेयर धनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा श्री सुनिता आचार्य ज्यू निर्विरोध निर्वाचित हुनुभएको छ ।
कार्यक्रमका सभ पति श्री सचिनजङ्ग रायमाझीज्यूले सम्पूणर् सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।
यस वित्तीय संस्थाले हाल सम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख बचत संकलन गरी करिव २ अर्ब ४ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।