गृहपृष्ठ ∕ राजनीति ∕ सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ? सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ? Karobarpati आईतबार, २०८१ असार २३ गते, १४:०० मा प्रकाशित काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् । कांग्रेस-एमालेबीच भएको सम्झौता अहिलेसम्म बाहिर नआएको बताउदै अपारदर्शी सहमति गरेर नयाँ गठबन्धन बनेको र यसले देशलाई स्थीरता नदिने दाबि गरे । उनले भने- ‘दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गएपनि सँगै जाने नर्क गएपनि सँगै जाने भन्ने अनि ललितपुरमा आफ्ना नेताहरुलाई सहमतिका लागि पठाउने यो कहाँको नैतिकता हो कमरेड ?’ उनले प्रधानमन्त्री र गृहमन्त्रीले भुटानी शरणार्थीको फाइल फेरी खोल्न थालेपछि बेचन झा पक्राउ परेपछि एमाले-कांग्रेसका नेताहरु बेचैन भएको र ढुंगा प्वाल परेको देखेको टिप्पणी गरे । उनले संबिधानमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर नलेखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले संबिधानमा रहेको व्यवस्था अनुसार नै आफ्नो अधिकारलाई प्रयोग गर्ने बताए । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणपछि कुनै नेतालाई नभेटेको र कुनै किसिमको सरकार बनाउने छलफल नगरेको बादी गरेका छन् । उनले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिएपछि संबिधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्ने संबिधानमा स्पष्ट व्यवस्था गरिएको बताए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन- ओली धेरै पढिएका १ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपिओ जारी गर्ने रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट भारत र मोदीबिरूद्द सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने माल्दिभ्सका तीन मन्त्री पदमुक्त भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपिओ जारी गर्ने रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट भारत र मोदीबिरूद्द सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने माल्दिभ्सका तीन मन्त्री पदमुक्त