गृहपृष्ठ ∕ खेलकुद ∕ गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो Karobarpati आईतबार, २०८१ असार २ गते, १२:१३ मा प्रकाशित काठमाडौं । गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्प्रष्टीकरण सोधेको छ । प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो । उनले ३ दिनभित्र जवाफ दिन भनिएको छ । एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधिएको हो । त्यस्तै गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानुपरेपछि बैठकबाट निस्किएको बताएका छन् । प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिएका उनले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गरेका छन् । स्पष्टीकरण सोधिएका सांसद गुरुङ एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट हुन् । पृथ्वी सुब्बा निकट भएकै कारण संसदीय दलका नेता खगराज अधिकारीले स्पष्टिकरण सोधेको गण्डकीमा चर्चा रहेको छ । गुरुङ कास्की ३ को क बाट माओवादी केन्द्रका दुर्गादत्त भण्डकरीलाई दोब्बरमतले हराउँदै निर्वाचित भएका हुन् । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत